समाचार

स्रोतमा अत्यधिक दबाबका कारण खर्च कटौती गर्ने सरकारको तयारी

स्रोतमा अत्यधिक दबाबका कारण खर्च कटौती गर्ने सरकारको तयारी

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत व्यापक खर्च कटौतीको तयारी गरेको छ । राजस्व बढ्न नसक्दा स्रोतको दबाबमा परेपछि सरकारले मितव्ययी भएर बजेट विनियोजन गर्ने रणनीति लिएको हो । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितको हिसाबले सुविधाजनक अवस्था नरहेकाले बजेट निर्माण गर्दा मितव्ययीता र खर्च कटौतीलाई ध्यान दिने बताउनुभयो । आउँदो बजेटबारे विकास साझेदारसँग हिजो अर्थ मन्त्रालयमा छलफल गर्दै उहाँले सीमित स्रोतसाधनलाई अत्यधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने धारणा व्यक्त गर्नुभयो । चालू आर्थिक वर्षमै लक्ष्यअनुसार राजस्व सङ्कलन नहुँदा हिजोसम्म सरकारी वित्त झन्डै २ खर्ब रुपैयाँ घाटामा रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ । साउन १ गतेदेखि वैशाख ३० गतेसम्मको अवधिमा सरकारले ९ खर्ब ४२ अर्ब ८८ करोड ७ लाख रुपैयाँ आम्दा...
लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ परेका छन्। कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय बिक्रम ओड पक्राउ परेका हुन्। ओडलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।...
प्रि–मनसुनको बाढीले काभ्रेको पनौतीका बासिन्दा त्रासमा

प्रि–मनसुनको बाढीले काभ्रेको पनौतीका बासिन्दा त्रासमा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ । काभ्रेको पनौतीमा हिजोको आरीघोप्टे वर्षा र त्यसपछिको बाढीले स्थानीयबासिन्दामा त्रास छाएको छ । बाढीले एक महिलालाई बगाएको छ भने खेतबारी, सडक, पुल र खानेपानीको पाइपमा क्षति पुगेको छ । हिजो दिउँसो कुलो तर्ने क्रममा पनौती नगरपालिका–५ की २८ वर्षीय रेनुका गिरीलाई बगाएको र उहाँको अवस्था थाहा हुन नसकेको पनौती नगरपालिकाकी उपमेयर गीता बन्जराले जानकारी दिनुभयो । उहाँका अनुसार एक्कासी आएको बाढीले मकै र आलुबालीमा क्षति पुगेको छ । गएको असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका स्थानीयबासिन्दालाई मनसुन शुरू नहुँदैको बाढीले झस्काएको छ । पनौतीमा हिजो दिउँसो १ बजेदेखि ५ बजेसम्म आरीघोप्टे वर्षा भएको थियो । बाढीले वडा नम्बर २, ३, ४, ५, ६, , ७, ८, ९, १० बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ । बाढीबाट भएको यकिन क्षतिको विवरण आज सङ्कलन हुने उपमेयर बन...
‘अपरेसन सिन्दुर’को जबाफमा पाकिस्तानले भारतविरूद्ध सुरू गर्‍यो ‘अपरेसन बनयान-उल-मर्सुस’

‘अपरेसन सिन्दुर’को जबाफमा पाकिस्तानले भारतविरूद्ध सुरू गर्‍यो ‘अपरेसन बनयान-उल-मर्सुस’

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुरक्षा
पाकिस्तानले भारतविरूद्ध जबाफी कारबाही सुरू भएको दाबी गरेको छ। पाकिस्तानबाट प्रकाशित हुने पत्रिका डनका अनुसार पाकिस्तानले भारतले चलाएको ‘अपरेसन सिन्दुर’ को जबाफमा अपरेसन ‘बनयान उल मर्सुस’ चलाएको हो। पाकिस्तानी सरकारको एक्स ह्याण्डलबाट पनि उक्त अपरेसन चलाइएको भनेर सार्वजनिक गरिएको छ। यो अपरेसबाट भारतीय हमलाको जबाफस्वरूप उनीहरुको सैन्य अड्डामा हमला गरिने भनेर संघीय सरकारले विज्ञप्ति जारी गरेको पनि डनले उल्लेख गरेको छ। यी कारबाहीहरू भारतले हाम्रो मातृभूमि, जनता र सार्वभौमसत्तामाथि आक्रमण गरेको जबाफमा गरिँदैछ भनेर सरकारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको पनि पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। गएराति पाकिस्तानी वायु सेनाका तीन एयरबेसमा भारतले क्षेप्यास्र प्रहार गरेको पनि विज्ञप्तीमा उल्लेख छ। डनले पाकिस्तानको सरकारी मिडियालाई उद्धृत गर्दै अपरेसन बन्यान उन मर्सुसबाट आक...
पाकिस्तानकाे पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द

पाकिस्तानकाे पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भारत प्रशासित कश्मीरको जम्मू, साम्बा, कठुआ, राजौरी र पुंछ क्षेत्रका विद्यालयसहित सबै शैक्षिक संस्थाहरू बन्द भएका छन् । गएराति भारतले गरेको आक्रमणभन्दा पहिले पाकिस्तानले भारत प्रशासित कश्मीरको भिम्बर गली क्षेत्रमा आक्रमण गर्नसक्ने भारतीय सेनाले बताएको थियो । स्थानीयहरूले धेरै विस्फोटका आवाज सुनेको बताएपछि विद्यालयहरु बन्द गर्ने निर्णय भएको थियो । यसैबीच पाकिस्तानले पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द गरेको छ । भारतीय आक्रमणको जवाफ दिने तयारी गरिरहेको भन्दै पाकिस्तानको पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द गरिएको हो । यसैबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आज केहीबेरपछि आफ्नो राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ । उहाँले भारतले गरेको पछिल्लो आक्रमणलाई कायरतापूर्ण आक्रमण भन्दै आफ्नो अनुकूलतामा यसको जवाफ दिने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्...
खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबको रियादमा गल्फ सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रका नेताहरूसँग भेटघाट गर्ने तयारी गर्नुभएको छ ।   यही ‘मे’ महिनामा ट्रम्पले खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको साउदी सरकारले जनाएको छ ।   ‘मे’ १३ देखि १६ सम्म हुने यो भ्रमणमा राष्ट्रपति ट्रम्प साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स पुग्ने बीबीसीले जनाएको छ ।   यो भ्रमण उहाँको दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण हुनेछ । जीसीसीमा साउदी अरब, यूएई, बहराइन, कतार, कुवेत र ओमान समावेश छन् ।   बैठकको उद्देश्य राजनीतिक तथा आर्थिक सहकार्यलाई सुदृढ बनाउनु रहेको छ । यात्राको पूर्वसन्ध्यामा, अमेरिकी सरकारले साउदी अरबसँग साढे ३ अर्ब अमेरिकी डलर बराबरको मिसाइल बिक्री सम्झौता स्वीकृत गरेको छ ।   राष्ट्रपति ट्रम्पले ...
कैलालीमा आगलागीबाट १३ लाख बढीको क्षति

कैलालीमा आगलागीबाट १३ लाख बढीको क्षति

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीका एक जनाको घर र गोठमा आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–९ रामशिखरझालाका सुके रावलको घर र गोठमा शनिवार राति आगलागी भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीले रावलको १० लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताएको छ। स्थानीय मनोज रोकायाको गोठमा पनि आगोले क्षति गरेको छ। उनको तीन लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ। प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएको छ। उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।    ...
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

Breaking News 1, कर्णाली, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
ठूलीभेरी । डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइने जिल्लाका सबै पाटन जेठ ५ गतेदेखि सङ्कलकका लागि खुला गर्ने निर्णय गरेको हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको आयोजनामा बसेको बैठकले पाटन खोल्नेदेखि संरक्षण र व्यवस्थित गर्नेसम्मका निर्णय गरेको छ । जिल्लाका सयौँ बुकी पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि एक महिनाको समयाअवधि तोकेर सर्वसाधारणका लागि हरेक वर्ष खुला गरिन्छ । यार्सा पाटन आगामी असार ५ गते पुनः बन्द हुने छन् । वैशाख तेस्रो सातादेखि नै यार्सागुम्बा सङ्कलन गर्न सर्वसाधारण उच्च हिमाली भेग जाने गरेका छन् । यार्सा पाटनहरुमा वन र निकुञ्जले सुरक्षा व्यवस्था मिलाएको छ । सङ्कलकले एक महिनाक...
धादिङमा ६० वर्षीय वृद्धकाे हत्यामा संलग्न तीन जना पक्राउ

धादिङमा ६० वर्षीय वृद्धकाे हत्यामा संलग्न तीन जना पक्राउ

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ को डुँडेठाँटी बस्ने ६० वर्षीय चूडामणि कँडेलको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको चैत २७ गते शौचालयमा मृत भेटिएका कँडेलको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले आज तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भई धादिङको गजुरी–२ डुँडेठाटी बस्ने ३६ वर्षीय अक्कलबहादुर प्रजा, राक्सिराङ–९ बस्ने २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन् । मृतक कँडेलले श्रीमती सुस्मिता सिलुवालको हत्या गर्नका लागि अक्कलबहादुर प्रजालाई चार लाख रुपैयाँ दिएका र प्रजाले यो काममा पृथलाल र सञ्चलाललाई पनि सहभागी गराएका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरूले सुस्मिताको हत्या गर्न पटक–पटक प्रयास गरे पनि नसकेपछि कँडेलले आफ्नो काम नभएको भन्दै पैसा फिर्ता मागेका थिए । कँडेलले निकै द...
कैलालीमा बस र ईभी गाडी आपसमा ठाेक्किए

कैलालीमा बस र ईभी गाडी आपसमा ठाेक्किए

ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
धनगढी । भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीमा बस र ईभी गाडी (हाइस) ठोक्किँदा तीन जना घाइते भएका छन् । धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख १२५२ नम्बरको बस र डडेल्धुराकाे जोगबुढाबाट धनगढी आउँदै गरेको सुपप्र ०२००१ ज ५०७ नम्बरको ईभी सल्लेरीमा एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा ईभी चालक २६ वर्षीय कमल धामी, डडेल्धुराकाे पर्शुराम नगरपालिका–१२ बस्ने ९ वर्षीया प्रतिक्षा सिजामगर र कञ्चनपुर, कृष्णपुर नगरपालिका–१ बस्ने २० वर्षीया निर्मला भट्ट सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको छ। दुर्घटनापछि बस र ईभी दुवैमा क्षति पुगेको प्रहरीले जनाएको छ। यतिबेला घटनास्थलमा ट्राफिक प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...