पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

Advertisement

पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् ।

पर्वत । पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । ती पालिकामा दुई सय ७२ वटा सामुदायिक विद्यालय छन् । विद्यार्थी नभएका धेरैजसो विद्यालय आधारभूत र प्राथमिक तहका छन् । विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालय समेत रहेको छ ।

लामो समयदेखि विद्यार्थी सङ्ख्या शून्य भइसक्दा पनि विद्यालय समायोजन गर्ने प्रक्रिया थालिएको छैन । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँ रित्तिदै गएका छन् । जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका अनुसार विहादी गाउँ पालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य रहेको छ ।

मोदी गाउँपालिकामा नौ विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य भएको छ । यसैगरी फलेवास नगर पालिकामा छ वटा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य पुगेको हो भने कुश्मा नगर पालिकामा विद्यार्थी सङ्ख्या शून्य भएका आठ सामुदायिक विद्यालय रहेका छन् ।

यस्तै जलजला गाउँ पालिकामा चार सामुदायिक विद्यालयमा विद्यार्थी शून्य रहेका छन् भने दक्षिण पर्वतको पैयूँ गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो । उहाँका अनुसार फलेवास नगरपालिका–५ मा रहेको ध्रुवनमुना माध्यमिक विद्यालयसहित ३१ सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेको भए पनि स्थानीय तहहरूले समायोजन गर्ने वा शिक्षकलाई विद्यार्थी भएको विद्यालयमा खटाउने काम नगरेको बताउनुभयो ।

शून्य विद्यार्थी सङ्ख्या हुँदा पनि सञ्चालनमै रहने विद्यालयहरूमा कुश्मा नगरपालिकाभित्रकमा हर्राचौर प्रावि, जनजागृति प्रावि, जनकल्याण प्रावि, मराङसिंह प्रावि, सहिद शुक्र प्रावि ठुलीपोखरी, धौलागिरि प्रावि, जनता प्रावि रहेका छन् । जलजला गाउँ पालिकामा शून्य विद्यार्थी हुने विद्यालयहरूमा जनचेतना प्रावि शालिजा, सर्वोदय आधारभूत विद्यालय शालिजा, स्वस्वती आधारभूत विद्यालय धाइरीड रहेका हुन् ।

यसैगरी फलेवास नगर पालिकामा शून्य विद्यार्थी हुनेमा श्री वाल प्रावि, धुर्व नमूना मावि, सूर्योदय प्रावि, जनता प्रावि लिमिठाना, तीनधारे प्रावि, मनकामना प्रावि, बेतेयानी प्रावि, देउराली प्रावि र भवानी प्रावि रहेका छन् । यसैगरी दक्षिण पर्वतको पैंयू गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा वालनयन प्रावि, वालज्योति प्रावि हुन् । मोदी गाउँ पालिकामा शून्य विद्यार्थी हुनेमा सिद्ध आधारभूत विद्यालय, कृष्ण आधारभूत विद्यालय, जनप्रकाश आधारभूत विद्यालय, हरि आधारभूत विदालय, सरस्वती आधारभूत विद्यालय, वालकल्याण प्राथमिक विद्यालय, भूमे आधारभूत विद्यालय, लक्ष्मी आधारभूत विद्यालय, दुर्गाभवानी आधारभूत विद्यालय र सिद्धबराह आधारभूत विद्यालय रहेका छन् ।

विहादी गाउँपालिकामा, जनसेवा प्रावि वहाकीठाँटी र वालज्योेती प्रावि रानीपानीमा विद्यार्थी सङ्ख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाइ पर्वतले जनाएको छ । यसरी विद्यार्थी नै नभएका विद्यालयको सङ्ख्या ३१ पुगिसक्दा पनि पर्वतका स्थानीय सरकारहरूले विद्यालय समायोजन गराउन कुनै चासो नदिएको फलेवासका स्थानीय धर्म पौडेलले बताउनुभयो ।

शिक्षकहरूलाई विद्यार्थी नै नभएका विद्यालयमा राखेर तलब सुविधा दिलाउने गरिएको छ । राज्यको बजेटको दुरूपयोग हुने भए पनि बाध्यतामा परेर शिक्षकहरू राख्नुपरेको फलेवास नगरपालिका–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

सामाजिक सञ्जाल केन्द्रित डिजिटल मिडियाको विस्तारसँगै नेपालमा नयाँ पुस्ताका मिडिया प्लेटफर्महरू तीव्र रूपमा अघि बढिरहेका छन्। तीमध्...
मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

पोखरा, चैत्र — पोखरा–लेखनाथ मालपोत कार्यालय बाहिर केही बिचौलियाहरूले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने क्रम बढ्दै गएको गुनासो आएको...
पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वत । पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार...
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासह...
अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

काठमाडौं । अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्...
राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

काठमाडौं । संघीय सरकारले सडक तथा पुल जस्ता यातायातका पूर्वाधार क्षेत्रहरुलाई प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ । मुलुक संघीय प्रणा...

ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

धनगढी । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा...
अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी । पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक मंगलबार रा...