मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

Advertisement

पोखरा, चैत्र — पोखरा–लेखनाथ मालपोत कार्यालय बाहिर केही बिचौलियाहरूले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने क्रम बढ्दै गएको गुनासो आएको छ। कार्यालय परिसर वरिपरि सक्रिय यस्ता व्यक्तिहरूका कारण सर्वसाधारणले सहज रूपमा सेवा लिन नसकेको बताएका छन्।

सेवाग्राहीहरूका अनुसार लाइन मिच्ने, घण्टौँ कुर्नुपर्ने, र बिचौलियाको सहयोगबिना काम नै नहुने जस्तो वातावरण सिर्जना गरिएको छ। “सिधै कार्यालय जाँदा झन्झट मात्र हुन्छ, बिचौलियामार्फत जाँदा छिटो काम हुन्छ तर अतिरिक्त पैसा तिर्नुपर्छ,” एक सेवाग्राहीले गुनासो गरे।

यस समस्याप्रति गम्भीर ध्यानाकर्षण गराउँदै ‘परिवर्तन नेपाल अभियान’का सदस्यहरू मालपोत कार्यालय पुगेका थिए। उनीहरूले त्यहाँको प्रशासनसँग प्रत्यक्ष छलफल गर्दै सेवाप्रवाहमा देखिएको अव्यवस्था, बिचौलियाको सक्रियता र सेवाग्राहीले भोग्नुपरेको सास्तीबारे जानकारी गराएका थिए।

कार्यालयका प्रशासन अधिकृतले समस्या समाधानका लागि आवश्यक पहल गर्ने र सेवाग्राहीलाई सहज, छिटो तथा पारदर्शी सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन्।

त्यसैगरी, अभियान टोलीले जिल्ला प्रशासन कार्यालयमा औपचारिक रूपमा ज्ञापन पत्र बुझाउँदै नागरिकले सरकारी सेवामा ठगी र हैरानी सहन नपरोस् भन्ने माग राखेको छ। ज्ञापन पत्रमा सेवा प्रणालीलाई पारदर्शी बनाउँदै छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन तत्काल कदम चाल्न आग्रह गरिएको छ।

अभियानका सदस्यहरूले समस्याको दीर्घकालीन समाधान नभएसम्म निरन्तर आवाज उठाइरहने प्रतिबद्धता समेत जनाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

सामाजिक सञ्जाल केन्द्रित डिजिटल मिडियाको विस्तारसँगै नेपालमा नयाँ पुस्ताका मिडिया प्लेटफर्महरू तीव्र रूपमा अघि बढिरहेका छन्। तीमध्...
मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

पोखरा, चैत्र — पोखरा–लेखनाथ मालपोत कार्यालय बाहिर केही बिचौलियाहरूले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने क्रम बढ्दै गएको गुनासो आएको...
पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वत । पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार...
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासह...
अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

काठमाडौं । अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्...
राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

काठमाडौं । संघीय सरकारले सडक तथा पुल जस्ता यातायातका पूर्वाधार क्षेत्रहरुलाई प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ । मुलुक संघीय प्रणा...

ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

धनगढी । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा...
अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी । पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक मंगलबार रा...