स्रोतमा अत्यधिक दबाबका कारण खर्च कटौती गर्ने सरकारको तयारी

Advertisement

सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत व्यापक खर्च कटौतीको तयारी गरेको छ ।

काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत व्यापक खर्च कटौतीको तयारी गरेको छ ।

राजस्व बढ्न नसक्दा स्रोतको दबाबमा परेपछि सरकारले मितव्ययी भएर बजेट विनियोजन गर्ने रणनीति लिएको हो ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितको हिसाबले सुविधाजनक अवस्था नरहेकाले बजेट निर्माण गर्दा मितव्ययीता र खर्च कटौतीलाई ध्यान दिने बताउनुभयो ।

आउँदो बजेटबारे विकास साझेदारसँग हिजो अर्थ मन्त्रालयमा छलफल गर्दै उहाँले सीमित स्रोतसाधनलाई अत्यधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने धारणा व्यक्त गर्नुभयो ।

चालू आर्थिक वर्षमै लक्ष्यअनुसार राजस्व सङ्कलन नहुँदा हिजोसम्म सरकारी वित्त झन्डै २ खर्ब रुपैयाँ घाटामा रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ ।

साउन १ गतेदेखि वैशाख ३० गतेसम्मको अवधिमा सरकारले ९ खर्ब ४२ अर्ब ८८ करोड ७ लाख रुपैयाँ आम्दानी गर्दा ११ खर्ब ४६ अर्ब ५९ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ ।

बजारमा माग बढ्न नसक्नु, उल्लेख्य लगानी विस्तार नहुनु र सरकारको पुँजीगत खर्च कम हुनुले त्यसको असर सरकारी वित्तमा परेको हो ।

वैदेशिक अनुदान तथा सहायता घट्नेलगायत कारण पनि सरकारको आम्दानीका स्रोत खुम्चिएका छन् ।

सामाजिक सुरक्षा भत्ता, तलब, पेन्सनलगायत अनिवार्य दायित्व भने निरन्तर बढिरहेको छ । यसरी सरकारको खर्च बढेकाले पनि सरकारी वित्त घाटा बढ्दै गएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

सामाजिक सञ्जाल केन्द्रित डिजिटल मिडियाको विस्तारसँगै नेपालमा नयाँ पुस्ताका मिडिया प्लेटफर्महरू तीव्र रूपमा अघि बढिरहेका छन्। तीमध्...
मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

पोखरा, चैत्र — पोखरा–लेखनाथ मालपोत कार्यालय बाहिर केही बिचौलियाहरूले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने क्रम बढ्दै गएको गुनासो आएको...
पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वत । पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार...
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासह...
अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

काठमाडौं । अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्...
राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

काठमाडौं । संघीय सरकारले सडक तथा पुल जस्ता यातायातका पूर्वाधार क्षेत्रहरुलाई प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ । मुलुक संघीय प्रणा...

ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

धनगढी । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा...
अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी । पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक मंगलबार रा...