सुदूरपश्चिम

औद्योगिक प्रतिष्ठान उत्पादकत्व वृद्धिमा हेरचाह केन्द्रको अवश्यकताको पहिचान

औद्योगिक प्रतिष्ठान उत्पादकत्व वृद्धिमा हेरचाह केन्द्रको अवश्यकताको पहिचान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । सुदूरपश्चिममा औद्योगिक प्रतिष्ठानको उत्पादकत्व वृद्धि गर्न हेरचाह केन्द्र आवश्यकता र पहिचान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा स्याहार हेरचाह सेवाको औपचारिक रूपमा प्रवद्र्धन गर्न उद्देश्यसहित ‘सुदूरपश्चिम प्रदेशमा हेरचाह सेवा केन्द्रको आवश्यकता र अवसरहरूको नक्सांकन र पहिचान’ गर्न आयोजित विशेष कार्यक्रमले हेरचाह केन्द्रको पहिचान गरेको हो । अन्तरास्ट्रिय श्रम संगठनको आर्थिक एवम प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ सुदूरपश्चिम प्रदेशको संयुक्त रूपमा सन्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रमले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले हेरचाह सेवा अझै सरकारको प्राथमिकताको क्षेत्र बन्न नसकेको गुनासो गरेका थिए । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष जीवन रानाले हेरचाह क्षेत्रमा सहयोग पुग्ने गरि सरकारले विभिन्न नीति तयार गरेको बताइन । ‘प्रदेश सरकारले हेरचाह क...
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा ५ जना घाइते भएका छन् । झडपमा परी घाइते भएकाहरुको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक राजकुमार सिंहले बताए । बिहीबार कैलाली कारागारमा रहेका तीन जना कैदिवन्दिलाई अन्यत्र सरुवा गरेपछि झडप सुरु भएको थियो । भूपेन्द्र बडुवाल हत्या प्रकरणमा मुछिएका तीन जनालाई बिहीबार अन्य कारागार सरुवा गरिएको प्रहरी प्रबक्ता सिंहले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सिंहले बताए । कैदीलाई सरुवा गर्ने क्रममा विवाद हुँदा झडप भएको हुन सक्ने आँकलन गरिएको छ ।   एकै दिन १८ महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती सेवा जयन्त सिंह भाट, धनगढीः सेती प्रादेशिक अस्पतालमा एकै दिन १८ जना महिलाको शल्यक्रिया गरि प्रसुती गराईएको छ । आकस्मिक भई रातीको समयमा १० जना र दिउँसोको समयमा ८ जना गर...
मेलौली मन्दिर परिसरमा पूर्वाधारको काम अलपत्र

मेलौली मन्दिर परिसरमा पूर्वाधारको काम अलपत्र

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बैतडी । बैतडीको मेलौली भगवति मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरू अलपत्र अवस्थामा छन् । समयमा बजेट व्यवस्थापन नहुँदा पूर्वाधार निर्माणका योजनाहरूको काम अलपत्र रहेको हो । आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको पूर्वाधार योजनाका अधिकांश कामहरू अलपत्र छन् । निर्माण सुरु भएको चार वर्ष पुगिसक्दा पनि यहाँका योजनाको ५० प्रतिशत पनि काम सम्पन्न नभएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५५ प्रतिशत र मेलौली नगरपालिकाको ४५ प्रतिशत बजेटगरी संयुक्त लगानीमा योजना अघि बढ्ने समजदारी भएको थियो । जसअन्तर्गत मन्त्रालयले चार करोड ५५ लाख र नगरपालिकाले दुई करोड ४५ लाख बजेट सुनिश्चित गरिएको थियो । कुल सात करोडमा आर्थिक वर्ष २०७७÷०७८ सालमा ठेक्का खोलिएकोमा गौरा कन्ट्रक्सनले झण्डै ५० प्रतिशत घटाघटीमा साढे तीन करोडमा ठेक्क...

ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा नदीमा पुल नबन्दा सास्ती भोग्नु परेको हो । पथरीस्थित सो नदीमा पुल निर्माणका लागि आठ वर्ष अगाडि नै ठेक्का लगाइएको थियो । तर ठेक्का लागेको दशक पुग्न लागे पनि निर्माण कम्पनी पप्पु एडभेञ्चर जेभीले अहिलेसम्म पुलको फाउन्डेसनसमेत तयार पार्न सकेको छैन । पुल नबन्दा वर्षातको समयमा आवतजावत गर्नेलाई सास्ती भोग्नु परिरहेको छ । पुल निर्माणलाई ठेकेदारले वास्ता नगरेको स्थानीय राकेश चौधरीले बताए । ‘आठ वर्षसम्म ठेकेदारले पुल निर्माणका लागि खाल्डो खन्ने काममात्रै गरेको भन्दै उनले भने, ‘त्यो खाल्डो पनि पुरिएको छ, ठेकेदारलाई वास्तै छैन ।’ शिवगङ्गा नदी पुल निर्माणका लागि २०७४ असार २७ गते ठेक्का भएको थियो । २०७७ असार २५ गतेभित्र पुल निर्माण गरिसक्नु पर्ने थियो । तर, अहिलेसम्म फा...
अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बैतडी । पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक मंगलबार राति १ बजेतिर सडक माथिबाट पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध बनेपछि बझाङ भित्रिने तथा बाहिरिने सवारीसाधन बिच बाटोमै रोकिएका थिए । पहिरो सफा गरेपछि सवारी साधन गन्तव्यतिर गइसकेका छन् । सडक डिभिजन कार्यालय बैतडीको जेसीबीले पहिरो सफा गरेपछि दिउँसोदेखि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए । ‘अहिले राजमार्गमा पूर्णरुपमा सरावारीसाधन चलिरहेका छन्,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘अब मौसम सफा हुन लाग्यो यस्तो समस्या आउँदैन् ।’ बुधबार दिउँसोदेखि बैतडीमा पानी पर्नेक्रम रोकिएको छ ।...
विगतको भन्दा यस बर्ष डेंगु संक्रमित कम, सरकारले थालेको लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी हुदै ।

विगतको भन्दा यस बर्ष डेंगु संक्रमित कम, सरकारले थालेको लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी हुदै ।

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली लगायत सुदूरपश्चिम प्रदेशमा यस बर्षको साउन महिना सम्म डेंगु संक्रमितको संख्या घटेको छ । कैलालीमा २०७९÷८० को अवधिमा साउन दोश्रो साता सम्म ४ सय ५५ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसैगरी आर्थिक बर्ष २०८१÷०८२ मा सो संख्या बढेर एक हजार एक पुगेको थियो । स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिनबहादुर धामीका अनुसार चालु आर्थिक बर्षको साउन २० गते सम्म कैलालीमा ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा हाल सम्म ३ सय २८ जनामा डेंगु संक्रमण पुष्टि भएको धामीले बताए । सरकारले यस बर्ष लार्भ खोज र नष्ट गर भन्ने अभियानलाईं प्रभावकारी बनाएका कारण डेंगु नियन्त्रणमा आएको हुन सक्ने धामीको आँकलन छ । ‘विगतको भन्दा यस बर्षको साउन महिना सम्म डेंगु संक्रमणमा नियन्त्रणमा देख्निछ’ धामीले भने, ‘सरकारलेनै डेंगु नियन्त्रणका लागि अभियान थालेका कारण केही नियन्त्रण भएको हुने सक्ने आ...
मुख्यमन्त्री शाहको एक बर्ष, एस्ताछन् एक बर्षमा गरेका मुख्य उपलब्धी 

मुख्यमन्त्री शाहको एक बर्ष, एस्ताछन् एक बर्षमा गरेका मुख्य उपलब्धी 

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नु भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले एक बर्षे प्रगति विवरण सार्वजनिक गर्नु भएको हो । शाह २०८१ साउन २० गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिएपछि गत वर्ष साउन २० गते शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको समय सीमामा नागरिक उन्मुक्ति पार्टीका दुई जनाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेपछि नेपाली कांग्रेसका शाहले बाजी मारेका थिए । नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री नियुक्ति हुन नसकेपछि प्रदेश सभामा सबैभन्दा ठुलो दलका संसदीय दलको नेताका हैसियतले शाहलाई मुख्यमन्त्री बन्ने अवसर...
सगोल नेथ जापनिज ल्यांगुज एकेडेमीको शाखा धनगढीमा विस्तार हुँदै

सगोल नेथ जापनिज ल्यांगुज एकेडेमीको शाखा धनगढीमा विस्तार हुँदै

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । जापानिज भाषा अध्ययन को लागि उपयुक्त शैक्षिक गन्तव्य सगोल जापानिज ल्यांगवेईज ईन्सिच्युटले धनगढीमा शाखा विस्तार गर्न लागेको छ । काठमाडौंका सोह्रखुट्टे र पुतलीसडकमा रहेको सगोल नेथ जापनिज ल्यांगुज एकेडेमीको शाखा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा विस्तार हुन लागेको हो । शुक्रबार एक भव्य समारोहकाबिच सामाजिक विकास राज्यमन्त्री सरस्वति खडकले सो शाखाको समुदघाटन गर्ने तय भएको एकेडेमीले जानकारी दिएको हो । एकेडेमीले साउन २३ गतेसम्म भर्ना हुन आउने बिद्यार्थीहरूलाई सेवामा ३० प्रतिशत छुट सहित १२ को परिक्षा दिएर बसेकालाई बिशेष जनवरीदेखि अक्टोबर २०२६ भर्ना आवेदन खुल्ला गरेको छ । एकेडेमीले प्लस टु, ब्याचलर, मास्टरले आवेदन गर्न सक्ने जनाएको छ । एकेडेमीमा अनलाइन र भौतिक कक्षाहरु दुबै उपलब्ध रहेको छ भने कक्षाको समय छलफल योग्य राखेको छ । सो एकेडेमीमा न्यूनतम योग्यता १०+२ पास व...
प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किएर कच्याककुचुक

प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किएर कच्याककुचुक

Breaking News 1, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ । भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको प्रहरी स्रोतले जनाएको छ । सार्की चढेको से. १ झ ३३० र पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडी ठोक्किएको हो । दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । कैलाली जानकी गाउँपालिका-९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन गर्न प्रधानमन्त्री आउँदैछन् ।...
लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षण सुरू

लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षण सुरू

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीको धनगढीमा आइतबार देखि लैंगिक समानताका लागि पुरुष सहभागिता विषयक ५ दिने प्रशिक्षक÷पशिक्षण तालिम सञ्चालन भएको छ । लैंगिक हिंसा न्यूनीकरण गर्न पुरुषको मानसिक सोच परिवर्तन गर्न आवश्यक देखिएकाले तालिम आयोजा गरिएको दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा घिमिरेले बताइन् । तालिममा सहभागि पुरुषलाई सिकेको कुरा समुदायमा लागु गर्न घिमिरेले आग्रह गरेकिछन् । लैंगिक हिंसा न्यूनीकरणका लागि महिला मात्रै जागरुक भएर नपुग्ने बताउँदै उनले पुरुष पनि सो अभियानमा संगै हुनुपर्ने बताइन् । हिंसा न्यूनीकणका लागि पुरुषका भूमीका पनि अपरिहार्य हुने अध्यक्ष घिमिरेको भनाई छ । ‘हिंसामा महिला संगै पुरुष पनि परेका हुन्छन्’ अध्यक्ष घिमिरेले भनिन्, ‘तर समाजमा सधै महिला माथीमात्रै हिंसा हुन्छ भन्ने सोच रहदै आएको छ, हिंसा अन्त्यका लागि पुरुषको सहभागिता र सोच परिवर्तन हुनुपनि जरुरी छ ।’ तालिम उद्घाटन ग...