समाचार

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

Breaking News 2, कर्णाली, ताजा अपडेट, समाचार
काठमाडौं । आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा पनि दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । आज अन्य प्रदेशका तराई क्षेत्रमा कुहिरो र हुस्सु लागेको छ । दिउँसो र राति भने मुख्यतया मौसम सफला रहनेछ ।...

एकीकृत समाजवादी ३२ लाख घाटामा

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको प्रतिवेदन अनुसार एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ को आय व्यय अनुसार गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएकोमा ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च भएको पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले जानकारी दिए । पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको १०औं राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ । सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोत रहेको प्रतिवेदनमा छ ।...
समीक्षालाई पाखेको संज्ञा दिँदै ज्योतिले भनिन्: एयरलायन्सलाई गाली गर्नु बेकुफी हो

समीक्षालाई पाखेको संज्ञा दिँदै ज्योतिले भनिन्: एयरलायन्सलाई गाली गर्नु बेकुफी हो

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सबाट धोका पाएको भन्दै स्टाटस् लेखेपछि अर्की गायिका ज्योति मगरले जवाफ फर्काएकी छन् । आइतबार बिहान समीक्षाले श्री एयरलायन्सबाट आफूले धोका पाएको र समयमा नै उडान नहुँदा आफ्नो कार्यक्रम छुटेको भन्दै आक्रोश पोखेकी थिईन् । समीक्षाको स्टाटसलगत्तै ज्योतिले लामो स्टाटस लेखेकी छन् । उनले स्टाटस्मा एयरलायन्सलाई गाली गर्नेलाई पाखेको संज्ञासमेत दिएकी छन् । ‘म अचेल प्रत्येक दिन दुई ओटा जति फ्लाइट गर्छु । एक दिन त मैले बिहान बिराटनगर टु काठ्मान्डु, पोखरा टु काठमाडौ टु नेपालगन्ज गरेर चार ओटा फ्लाइट सम्म गरे । मौसम को कारण भर्खरै मात्र माघ १ गते र माघ ५ गते २ ओटा ठुला कार्यक्रम रद्द गर्नु पर्यो । किनकी प्रकृति भन्दामाथी हामी कोही छैनौं’ उनले लेखेकी छन् । भर्खर भर्खर प्लेन चढ्न थालेका कलाकारहरु आज भोलि अधिकाँस एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफु...
कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। इस जिल्लाको घोडाघोडी नगरपालिका–१ भजनीबाट सोही ठाउँ बस्ने ३० वर्षीय महेश चन्द पक्राउ परेका छन्। चन्दलाई ६ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यसैगरी धनगढी उपमहानगरपालिका–४ शिवपुरीधाम नजिकबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भरत चौधरीलाई १९० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यी दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।...
क्लब मेम्बरलाई भाटभटेनीमा २२ करोडको गिफ्ट भौचर

क्लब मेम्बरलाई भाटभटेनीमा २२ करोडको गिफ्ट भौचर

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । भाटभटेनी सुपर स्टोरले नियमित ग्राहकलाई यो वर्ष २२ करोड रुपैयाँभन्दा बढी परिमाण बराबरको गिफ्ट भौचर घोषणा गरेको छ । यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले पाएको गिफ्ट भौचर बराबर सामग्री देशभरि फैलिएका २७ वटा भाटभटेनी स्टोरमा जहाँबाट पनि खरिद गर्न सकिने भाटभटेनीले जनाएको छ । भाटभटेनी क्लबमा सदस्य रहेका लाखौं ग्राहकमध्ये हालसम्म १ लाख ९ हजार ५ सय २९ जनाले गिफ्ट भौचर प्राप्त गरेको प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए । कम्तीमा १ हजार ३ सयदेखि २ लाख रुपैयाँसम्मको गिफ्ट भौचर ती सदस्यले प्राप्त गरिसकेको उनले बताए । यसरी बाँडिने गिफ्ट भौचर कूल २२ करोड ५२ लाख ४९ हजार ३ सय २४ रुपैयाँ बराबर हुनेछ । सीओओ पौडेलका अनुसार गिफ्ट भौचर बाँड्ने कार्य ६ माघदेखि ९ फागुन २०८१ सम्म रहने छ । भाटभटेनी सुपर स्टोरले ग्राहकका लागि धेरै प्रकारका सुविधाका प्याकेज बेला–बेला घोषणा ग...
नागरिकलाई सहज सेवा दिने प्रयास गर्छु : प्रमुख जिल्ला अधिकारी हमाल

नागरिकलाई सहज सेवा दिने प्रयास गर्छु : प्रमुख जिल्ला अधिकारी हमाल

Breaking News 1, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले नागरिकका समस्य समाधान गर्ने आफ्नो पहिलो प्रार्थमिकता हुने बताएका छन् । कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएपछि पत्रकारसंग भेटघाट गर्दै प्रमुख जिल्ला अधिकनरी हमालले नागरिकलाई सअज सेवा दिन र सहज सेवा दिन आफ्नो ध्यान केन्द्रित हुने बताए । हमालले नागरिकका समस्या र सेवा प्रवाह सहज हुने गरी समाचार सामग्री प्रकाशित, प्रसारित गर्न पनि सञ्चारकर्मिलाई आग्रह गरे । आग्रह गर्नु भएको छ । नकारात्मक तरिकाले भन्दा सकारात्मक सन्देश प्रशारण गर्दा बढी प्रभावकारी हुने बताउँदै उनले त्यता तर्फ पनि ध्यान दिन सञ्चारकर्मि संग आग्रह गरे । विकासका कामहरु धमाधम अघि बढिरहेका बताउँदै उहाँले केही भएकै छैन भन्ने जस्ता नकारात्मक समाचार प्रकाशित गरेर नागरिकलाई निराश नबनाउन पनि आग्रह गरे। प्रमुख जिल्ला अधिकारी हमालले सञ्चार क्षेत्रलाई मर्यायादित बनाउन...
रेबिज लागेर सेती प्रादेशिक अस्पतालमा एक युवकको मृत्यु

रेबिज लागेर सेती प्रादेशिक अस्पतालमा एक युवकको मृत्यु

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवकको रेबिजका कारण यही पौष २२ गते मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रादेशक स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। चार महिनाअघि ती व्यक्तिलाई भारतमा कुकुरले टोकेको र रेबिजको लक्ष्यण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर खगेन्द्रबहादुर बमले बताए। भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको बमले बताए। रेबिजबाट बच्न कुकुर, बिरालो लगायत जंगली जनावर टोकेमा रेबिज विरुद्धको खोप लगाउनुपर्ने डाक्टर बमले बताए।...
थारू बस्तीमा बढ्यो माघीको रौनक

थारू बस्तीमा बढ्यो माघीको रौनक

आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । थारु कलाकार समु चौधरी यतिबेला दुना/टपरी बनाउनेदेखि घरको लिपपोत गर्ने काममा व्यस्त छिन् । थारु समुदायको प्रमुख चाड नजिकिँदै छ । त्यही भएर उनको व्यस्तता पनि बढेको हो । भीमदत्त नगरपालिका–१ राजीपुरमा बस्ने उनले जंगलबाट सालका पात ल्याउने, घरको लिपपोत गर्ने, अनदीको झोल (जाँड) बनाउने काम गरिसकेकी छिन् । कुटानी पिसानीको काम पनि गरिसकेकी छिन् । अहिले तराईमा शीतलहर चलिरहेको छ । घरबाहिर निस्कन नसकिने अवस्था छ । तर पनि थारु समुदायका महिला र पुरुषहरू यतिबेला धुमधामका साथ माघीको तयारीमा लागेका छन् । घरमै बसेर दुना–टपरी बनाउने, अनदीको झोल बनाउनेलगायतका विभिन्न काम भइरहेका छन् । ‘घर लिपपोत र जार (जाँड) बनाउने काम सकिएको छ, कुटानी पिसानी पनि भइसकेको छ,’ समुले भनिन्, ‘जंगलबाट सालका पात पनि ल्याइसकेका छौं, अहिले दुना–टपरी बनाइरहेका छौं ।’ उनका अनुसार माघी सुरु हुनुभन्दा एक महिना पहिलेदेखि अनदीक...
कैलालीको अत्तरियामा लागू औषध सहित एक जना पक्राउ

कैलालीको अत्तरियामा लागू औषध सहित एक जना पक्राउ

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली । कैलालीको अत्तरियाबाट लागू औषध सहित एक कपडा व्यवसायी पक्राउ परेका छन् । गोदावरी नगरपालिका – १ अत्तरियामा कपडा पसल गरी बस्दै आएका ३० वर्षीय अवतार हुसेन पक्राउ परेका हुन । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका – १४ घर भएका हुसेन बिहीबार धनगढी उपमहानगरपालिका – २ बाट पक्राउ परेका हुन । हुसेनले चलाएको से ७ प १५५ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ६७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई लागू औषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।...
सिन्धुपाल्चोकमा बस दुर्घटना

सिन्धुपाल्चोकमा बस दुर्घटना

ताजा अपडेट, बागमती, समाचार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटनामा परेको छ। सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका-५ मा बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा परेको हो। दोलखाबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार एक बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए। ब्रेक फेल भएर पल्टिएको भन्नेकुरा आएको छ, एसपी खड्काले भने, अहिलेसम्म मानवीय क्षति भएको खबर आएको छैन।...