थारू बस्तीमा बढ्यो माघीको रौनक

Advertisement

थारु कलाकार समु चौधरी यतिबेला दुना/टपरी बनाउनेदेखि घरको लिपपोत गर्ने काममा व्यस्त छिन् ।

कञ्चनपुर । थारु कलाकार समु चौधरी यतिबेला दुना/टपरी बनाउनेदेखि घरको लिपपोत गर्ने काममा व्यस्त छिन् । थारु समुदायको प्रमुख चाड नजिकिँदै छ । त्यही भएर उनको व्यस्तता पनि बढेको हो । भीमदत्त नगरपालिका–१ राजीपुरमा बस्ने उनले जंगलबाट सालका पात ल्याउने, घरको लिपपोत गर्ने, अनदीको झोल (जाँड) बनाउने काम गरिसकेकी छिन् । कुटानी पिसानीको काम पनि गरिसकेकी छिन् । अहिले तराईमा शीतलहर चलिरहेको छ । घरबाहिर निस्कन नसकिने अवस्था छ । तर पनि थारु समुदायका महिला र पुरुषहरू यतिबेला धुमधामका साथ माघीको तयारीमा लागेका छन् । घरमै बसेर दुना–टपरी बनाउने, अनदीको झोल बनाउनेलगायतका विभिन्न काम भइरहेका छन् ।

‘घर लिपपोत र जार (जाँड) बनाउने काम सकिएको छ, कुटानी पिसानी पनि भइसकेको छ,’ समुले भनिन्, ‘जंगलबाट सालका पात पनि ल्याइसकेका छौं, अहिले दुना–टपरी बनाइरहेका छौं ।’ उनका अनुसार माघी सुरु हुनुभन्दा एक महिना पहिलेदेखि अनदीको झोल बनाउने, एक हप्ताअघि जंगलबाट पात ल्याएर दुना–टपरी बनाउने काम हुन्छ । यही बीचमा कुटानी पिसानीदेखि बंगुरको व्यवस्थापन गर्ने लगायतका कामहरू हुन्छन् ।

थारु समुदायका लागि माघी महत्त्वपूर्ण चाड हो । यसलाई नयाँ वर्षका रूपमा पनि मनाइन्छ । यही बेला कामका लागि बाहिर गएकाहरू पनि घर फर्किन्छन् । यति मात्रै होइन, भाइहरू छुट्टिनेदेख बडघरहरू छान्ने र घरमा वर्षभरिको योजना बनाउने लगायतका कामहरू पनि अहिले नै हुन्छन् । ‘माघीको दिन खानपिन र नाचगान गरेर रमाइलो गर्छौं,’ भीमदत्त नगरपालिका–१ राजीपुरका हरिराम डगौराले भने, ‘त्यसपछि बडघर छान्नेदेख वर्षभरिका योजना बनाउने काम हुन्छ ।’ माघीका लागि बंगुरलगायतको मासु खोज्ने काम अहिलेदेखि सुरु भइसकेको छ । माघीको अघिल्लो दिन नै बंगुर काटेर भाग लगाइन्छ । त्यही अनुसार सबैले पैसा तिर्छन् । यसबाहेक स्थानीय जातका कुखुरा, माछालगायतको खोजी पनि गरिन्छ ।

माघीकै बेला भाइहरू छुट्टिने, बडघर छान्ने लगायतका काम हुन्छन् । विगतमा कमैया बस्दाखेरी यही बेला घर छाड्ने र नयाँ घर खोज्ने काम हुन्थ्यो । यसलाई खोजनी भोजनी भनिन्छ । कमैया मुक्तिपछि यो बन्द भइसकेको छ । ‘हाम्रो गाउँमा पनि धेरै भाइहरू छुट्टिएका छन्, अहिले उनीहरू नयाँ घर बनाउने तयारीमा छन्,’ भीमदत्त नगरपालिका–१ राजीपुरका लौटन चौधरीले भने, ‘घर फाट्ने काम पनि अहिले नै हुन्छ ।’ उनका अनुसार विगतमा ठूलो परिवार हुन्थ्यो । माघीकै बेला छुट्टिने काम गर्थे । तर अहिले परिवार स–साना भएका कारण विगतजस्तो धेरै घर फाट्ने काम कम भएको छ । माघीका बेला थारु समुदायमा बंगुरको मासु, माछा, कुखुराको मासु, अनदीको झोल, ढिकरी, आलु लगायतका परिकार पाक्छन् । बिहान सबैरै उठेर नुहाएपछि देउताको पूजा गरिन्छ । त्यसपछि आफूभन्दा ठूलाबडाको आशीर्वाद लिइन्छ । त्यसपछि सबैका घरमा गएर आशीर्वाद लिने र खाना खाने गरिन्छ ।

माघीका बेला रोजगारीका लागि बाहिर रहेकाहरू पनि घर फर्किन्छन् । छोरी बहिनीहरू पनि यतिबेला माइती आउने गर्छन् । माघी नजिकिँदै गर्दा थारु गाउँमा चहलपहल बढ्न थालेको छ । साग तरकारीदेखि मासुको व्यवस्थापन लगायत विभिन्न किसिमका किनमेलहरू पनि भइरहेका छन् । माघीका बेला थारु समुदायमा मघौटा नाचको रौनक हुन्छ । घर–घरमा गएर यो नाच नाचिन्छ । अहिलेदेखि नै महिला र पुरुषहरू माघौटा नाचको तयारीमा जुटेका छन् । तर विगत झैं माघौटा नाचको रौनकता कम हुँदै गएको कलाकार समु बताउँछिन् । उनका अनुसार नयाँ पुस्ता पुरानो संस्कृति बिर्सिंदै गएका कारण पनि रौनकता कम हुँदै गएको हो ।

उसो त माघीअघि र पछि ठाउँ–ठाउँमा विभिन्न संघसंस्थाले थारु संस्कृति र परम्परा झल्किने गरी माघी मिलन कार्यक्रम आयोजना गर्दै आएका छन् । तर चाडपर्वका बेला मात्रै हुने यस्ता कार्यक्रमले संस्कृतिको संरक्षण हुन नसक्ने थारु समुदायका अगुवाहरू बताउँछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

पोखरा, चैत्र — पोखरा–लेखनाथ मालपोत कार्यालय बाहिर केही बिचौलियाहरूले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने क्रम बढ्दै गएको गुनासो आएको...
पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वत । पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार...
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासह...
जनै पूर्णिमामा क्वाँटी खाने परम्परा

जनै पूर्णिमामा क्वाँटी खाने परम्परा

काठमाण्डौ । आज जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने गरिन्छ । मास, भटमास, मस्याम...
राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

काठमाडौं । संघीय सरकारले सडक तथा पुल जस्ता यातायातका पूर्वाधार क्षेत्रहरुलाई प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ । मुलुक संघीय प्रणा...

ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

धनगढी । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा...
अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी । पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक मंगलबार रा...
विगतको भन्दा यस बर्ष डेंगु संक्रमित कम, सरकारले थालेको लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी हुदै ।

विगतको भन्दा यस बर्ष डेंगु संक्रमित कम, सरकारले थालेको लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी हुदै ।

धनगढी । कैलाली लगायत सुदूरपश्चिम प्रदेशमा यस बर्षको साउन महिना सम्म डेंगु संक्रमितको संख्या घटेको छ । कैलालीमा २०७९÷८० को अवधिमा स...