समाचार

धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु २३ घाइते

धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु २३ घाइते

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा, स्वस्थ्य
धादिङ। धादिङमा यात्रुवाहक बस दुर्घटना भएको छ। आइतबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र २३ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीकाअनुसार सोमबार राति भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ स्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। बस आफै अनियन्त्रित भई सडकछेउमा पल्टिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको निधन भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुर्‍याइएकामा उनको आइतबार राति नै उनको निधन भएको हो। दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ९ जनाको प्रहरी अस्पताल र  ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दोलखा घर भएका बस चालक जीतबहादुर मगरको भने साइबाबा अस्...
धनगढीमा १४ वर्षीया किशोरीमाथि करणी

धनगढीमा १४ वर्षीया किशोरीमाथि करणी

Breaking News 1, आजको विशेष, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बस्दै आएकी बाजुराकी एक किशोरीमाथि करणी गरिएको घटना सार्वजनिक भएको हो। बाजुुराको खप्तडछेडेदह गाउँपालिका घर भएर धनगढीमा अध्ययन गर्दै आएकी १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरिएको प्रहरीले जनाएको छ। उनीमाथि १८ वर्षीय किशोरले बिहीवार साँझ जबरजस्तीकरणी गरेका हुन। स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिडे मारिदिने धम्की दिएका प्रहरीले बताएको छ। त्यसपछि उनी युवकसँगै उनको घर पुगेकी थिइन्। किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन्। पीडित किशोरीले शनिवार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले शनिवार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए। किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी...
बाजुरामा बाटोमै बच्चा पाएकी सुत्केरीको उद्धार

बाजुरामा बाटोमै बच्चा पाएकी सुत्केरीको उद्धार

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बाजुरा । बाजुरामा बाटोमै बच्चा पाएकी सुत्केरीको उद्धार गरिएको छ । गौमुल गाउँपालिका-३ की २२ वर्षीया सिर्जना बोहराले बाटोमै बच्चालाई जन्म दिएकी हुन् । बोहरालाई माझपाली आधारभूत स्वास्थ्य केन्द्रबाट स्टेचरमा बोकेर महिला स्वास्थ्यकर्मीको टोलीले उद्धार गरी स्वास्थ्य संस्थामा ल्याएको स्टाफ नर्स सीता खड्काले बताइन् । सिर्जना र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् । बाटोमै छोरालाई जन्म दिएकी उनलाई अवस्था सामान्य भएपछि स्वास्थ्य केन्द्रबाट घर पठाएइको बताइएको छ ।...
कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ

कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ परेका छन्। लागूऔषध मुद्दामा २ महिना २७ दिन कैद सजाय तोकिएपछि फरार रहेका लम्कीचुहा नगरपालिका २ बस्ने २७ वर्षीय दिलिप ढकाल र चोरी मुद्दामा २ महिना ७ दिन कैद सजाय र दश हजार जरिवाना तोकिएको जानकी गाउँपालिका ९ बस्ने २१ वर्षीय जिवन चौधरी पक्राउ परेका छन्।...
१० यात्रु सवार विमान बेपत्ता

१० यात्रु सवार विमान बेपत्ता

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
वासिङटन । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० यात्रु सवार एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशंका गरिएको छ । अलास्का राज्य प्रहरीका अनुसार, नौ यात्रु र एक पाइलट सवार बेरिङ एयर क्याराभान स्थानीय समयानुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो । यी दुई सहर नोर्टन साउन्डमा एकार्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर)को दूरीमा अवस्थित छन् । खोजी तथा उद्धारकर्ताले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेका अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् । हराएको उक्त विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो । गएको जनवरी ३० मा राजधानी वासिङटनमा अमेरिकी सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान ठोक्किँदा त्यसमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो । फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एउटा मे...
कैलालीमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु।

कैलालीमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु।

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टबाट खसेर जोशीपुुरकै सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो। बिहीवार साँझ ७ बजेतिर उनी ट्याक्टरबाट खसेर टायरमा च्याप्पिएकी थिइन्। उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
राइस कुकर मर्मत गर्न बोलाएर हनी ट्र्यापमा फसाएको आरोपमा युवती पक्राउ

राइस कुकर मर्मत गर्न बोलाएर हनी ट्र्यापमा फसाएको आरोपमा युवती पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । राइस कुकर मर्मत गर्न भन्दै कोठामा बोलाएर एक युवकलाई हनी ट्र्यापमा फसाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक-पटक मोबाइलमा सम्पर्क गरी आफ्नो कोठामा बोलाएको प्रहरीले बताएको छ । कोठामा आइसकेपछि माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइ दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भन्दै रकम समेत असुलेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकी अस्मितालाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठा...
कांग्रेस–एमालेलाई प्रचण्डको चुनौतीः अहिलेकै थ्रेसहोल्ड तपाईंहरूलाई नै धेरै हुँदैछ (पूर्णपाठ सहित)

कांग्रेस–एमालेलाई प्रचण्डको चुनौतीः अहिलेकै थ्रेसहोल्ड तपाईंहरूलाई नै धेरै हुँदैछ (पूर्णपाठ सहित)

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै थ्रेसहोल्ड नेपाली कांग्रेस र नेकपा एमालेलाई धेरै हुने दिन आउन सक्ने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार यसरी नै चल्दै गए कांग्रेस–एमाले संकटमा पर्ने बताएका हुन् । ‘छब्बीस महिनाअघिको निर्वाचनको मतादेशमै पनि आत्ममुग्ध नहुनोस् । यसरी नै सरकार चलाउँदै जानुभयो, यसरी नै जनताबाट अग्गिदै जानुभयो भने अहिलेकै थ्रेसहोल्ड तपाईंहरुलाई नै धेरै हुुँदैछ, अरुको चिन्ता नर्गनुस्,’ प्रचण्डले भने । उनले पार्टी छोड्ने नेता–कार्यकर्ताको बहिखाता हेर्न पनि आग्रह गरे । ‘आफ्नै पार्टीबाट कार्यकर्ता पलायनका पछिल्ला बहिखाता हेर्नोस् र घमण्डबाट ब्युँझनोस्,’ प्रचण्डको आग्रह छ । सम्बोधनको पूर्णपाठः सम्माननीय सभामुख महोदय, सर्वप्रथम म राष्ट्रनिर्माण र नागरिक सम्प्रभुताका लागि ...
उपेन्द्रले नमान्दा सरकारलाई सकस

उपेन्द्रले नमान्दा सरकारलाई सकस

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशमा सहयोग नगर्ने भएपछि सरकार पछाडि हट्न बाध्य भएको छ । बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेशमाथि छलफल हुने कार्यसूची थियो । जसपा नेपालका अध्यक्ष यादवले अध्यादेशका सवालमा साथ नदिने भएपछि सरकार पछाडि हटेको हो । अध्यक्ष यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । उक्त भेटमा सहमति नजुटेपछि सरकारले सदनमा अध्यादेशलाई अगाडि नबढाएको हो । संसदीय दलको बैठकमा पनि अध्यक्ष यादवले अध्यादेशको विपक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन दिएका थिए । उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा गठन भएको कार्यदलले अध्यादेशको बारेमा अध्ययन गरी बिहीबार प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनले पनि अध्यादेश मधेसको पक्षमा नरहेकाले त्यसलाई खारेज गर्नुपर्ने सुझाव दिएको छ । जसपा नेपाल राष्...
सांसद् सिंहले पाेखे सर्लाहीमा नदीकटानको पीडा

सांसद् सिंहले पाेखे सर्लाहीमा नदीकटानको पीडा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले नदी कटानले वर्षौंदेखि सर्लाहीका जनता पीडामा रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बालेका सिंहले बागमती नदीको कारण सर्लाहीका जनताको बिजोक हुँदै आएको बताएका हुन् । ‘बागमती नदीको कारणले सर्लाही बरथहवा नगरपालिकाका वडा नम्बर १, २, ४, १३ र १४ कटान हुँदै आएको छ । नदी कटानले गाउँलेको बिजोक छ,’ उनले भने, ‘वर्षौंदेखि सरकारको ध्यानाकर्षण गराइरहेको छु, तर, अहिलेसम्म सुनिएको छैन ।’ सरकारको ध्यान जनताका दूःख अन्त्य गर्न भन्दा मन्त्रीक्वार्टर बनाउनेतिर रहेको उनले टिप्पणी गरे । कांग्रेसका पूर्वनेता रहेका सिंहले ११ वर्ष बितिसक्दा पनि सर्लाहीको धनकौलमा नदीको ब्यारेज नबनेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘२०७० सालमा पनि सरकार कांग्रेसको थियो । प्रधानमन्त्री सुशील कोइरालाले सर्लाही क्षेत्र नम्बर ४ धनकौल गाविसमा रहे...