समाचार

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।...
अमेरिकाको लसएन्जलसमा फेरि फैलियो डढेलो

अमेरिकाको लसएन्जलसमा फेरि फैलियो डढेलो

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
१० माघ, काठमाडौं । अमेरिकाको लसएन्जलस क्षेत्रमा डढेलोले फेरि पनि उग्ररुप लिएको छ । आगोको जोखिम क्षेत्रमा रहेका हजारौं व्यक्तिहरुलाई फेरि पनि सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो लागेको कास्टिक तलाउ नजिकको पहाडी क्षेत्रमा हो । यसको नजिकमा धनीहरुको बस्ती र स्कुलहरु छन् । यो डढेलोले ८ हजार एकड भन्दा धेरै क्षेत्र जलाइसकेको छ । तीव्र हावा र सुख्खा झाडीका कारण डढेलो फैलिन मद्दत पुगिरहेको छ । यद्यपि यो डढेलोले अहिलेसम्म कुनै पनि घर वा संरचनामा क्षति पुगेको छैन । तर १९ हजार व्यक्तिले आफ्नो घर छाडेर भाग्नुपरेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने लसएन्जलस क्षेत्रको आगो निभाउन टोली परिचालन गरिएको छ । यसअघि पनि लसएन्जलस क्षेत्रको प्यासिफिक प्यालिसेड्स क्षेत्रबाट डढेलो फैलिएको थियो । यो डढेलोले लसएन्जलसको शहरी क्षेत्रको ठूलो हिस्सा सखाप पारेको थियो । डढेलोको चपेटामा परेर २५ जनाको म...
भारतमा रेल दुर्घटना, दर्जन बढि नेपालीको मृत्यु

भारतमा रेल दुर्घटना, दर्जन बढि नेपालीको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भारत । भारतमा पुष्पक एक्सप्रेसको रेल दुर्घटनामा परेको छ । बुधबार लखनउबाट मुम्बई जाँदै गरेको रेल दुर्घटना भएको हो । पधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरु ज्यान जोगाउन ट्रेनबाट हाम फालेका थिए । सोही क्रममा केहीको मृत्यु भएको थियो भने केहीलाई अर्को ट्रयाकबाट आइहेको कर्नाटक एक्सप्रेसले किचेर मृत्यु भएको बताइएको छ । महाराष्ट्रको जलगाउँमा भएको उक्त दुर्घटनामा परेर हालसम्म दर्जन बढि नेपालीको मृत्यु भएको बताइएको छ । हाल मृतकको शव जलगाउँको रेलवेस्टेसनमा राखिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।...
मुस्ताङ लैजान लागिएको ऊँटलाई उद्धार गरी भारत फिर्ता पठाइँदै

मुस्ताङ लैजान लागिएको ऊँटलाई उद्धार गरी भारत फिर्ता पठाइँदै

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं । गह्रौं भारी बोकाएर हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ लैजाँदै गरेको ऊँटको उद्धार गरी भारत पठाइने तयारी भएको छ । पोखराको लेखनाथमा एउटा ऊँटलाई गह्रौं भारी बोकाएर पहेंलो बस्त्र लगाएका दुई व्यक्तिले मुक्तिनाथ लैजाने तयारी गरिरहेको विषयमा मंगलबार अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो । केही दिनअघि पोखराको लेखनाथमा देखिएको ऊँटलाई एनिमल नेपाल, एनिमल लभर्स ग्रुप र प्रहरीले खोजी गरिरहेको थियो । मंगलबार बेलुकी ५ बजेतिर कास्की र तनहुँ जिल्लाको सिमाना कोत्रेमा एनिमल नेपाल र प्रहरी टोलीले ऊँट फेला पारेको हो । त्यहाँबाट ऊँटलाई इलाका प्रहरी कार्यालय खैरेनीटारले राखेको थियो । बुधबार भने ऊँटलाई भारत फर्काइएको एनिमल नेपालका सुपरभाइजर देवराज उपाध्यायले बताए । आज तनहुँ बेलचौतारा इलाका प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आएपछि मात्र त्यसलाई फिर्ता पठाउन मिल्छ भनेपछि हामी...
गैँडाको आक्रमणबाट मृत्यु

गैँडाको आक्रमणबाट मृत्यु

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमणबाट घाइते भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । भण्डारीलाई माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।...
पानी माग्दै हर्क साम्पाङको ‘सिंहदरबार यात्रा’

पानी माग्दै हर्क साम्पाङको ‘सिंहदरबार यात्रा’

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं । सिंहदरबारसँग जुधिरहने धरान उपमहानगरका मेयर हर्क साम्पाङ यतिखेर पानी माग्दै सिंहदरबारमा छन् । मंगलबार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबारको ढोकामा पुगे । प्रहरीले रित्तो गाग्री सिंहदरबार छिराउन नदिए पनि काकाकुल धरानको प्यास मेटिने आस बोकेर उनी सिंहदरबार छिरे । उनको माग छ, “कोसीको पानी तानेर धरानसम्म पुर्‍याउनुपर्ने ।” कोसीको पानी तानेर धरानसम्म पुर्‍याउनुपर्ने माग बोकेर साम्पाङले सिंहदरबारका कोठा–चोटा चाहरे । सिंहदरबारमा उनले सबैभन्दा पहिले खानेपानीमन्त्री प्रदीप यादवलाई भेटे । मन्त्रालयको ढोकाअगाडि ‘नो पाकिङ’ लेखिएको फुटपाथमा गाडी रोखेर साम्पाङ मन्त्रालय छिरे । त्यसपछि उनी अर्थमन्त्री विष्णु पौडेललाई भेट्न अर्थ मन्त्रालय छिरे । त्यहाँबाट उनी प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालयमा लागे । दुई घण्टा पर्खिदा पनि प्रधामन्त्रीले साम्पाङलाई भेट दिएनन् । प्रधानम...
गुल्मीमा एक जना पुरुषको शव फेला

गुल्मीमा एक जना पुरुषको शव फेला

ताजा अपडेट, लुम्बिनी, समाचार
८ माघ, गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका-८ कालीमाटी निवासी ६० वर्षका लालबहादुर रोका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)राजन भुजेलले बताए । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीबाट प्रहरी निरीक्षक दिपक केसीको कमाण्डमा प्रहरी टोली खटिएको छ । घटना शंकास्पद रहेकाले थप अनुसन्धानको लागि जिल्लाबाट एसपी राजन भुजेलसहितको टोली पनि त्यहाँ पुगेको छ ।  ...
धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । सोमबार राति धनगढी उपमहानगरपालिका१३ बाट सोही ठाउँ बस्ने २७ वर्षका खेमराज राना १४० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन् । उनलाई प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।...
सुदूरपश्चिम प्रदेशसभा : सात वर्षमा ६७ कानुन बने

सुदूरपश्चिम प्रदेशसभा : सात वर्षमा ६७ कानुन बने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलाली । देश सङ्घीय संरचनामा गएपछि प्रदेश तहमा गठन भएको सुदूरपश्चिम प्रदेशसभाले काम गरेको आज सात वर्ष पूरा भएको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले दोस्रो प्रदेशसभाको कार्यकाल आज दुई वर्ष पूरा भएर तेस्रो वर्षमा प्रवेश गरेको र यो अवधिमा एउटा पनि कानुन बन्न नसकेको बताए । “यो दुई वर्षमा प्रदेशसभाले चार ऐन संशोधन गरेको छ”, उनले भने, “चालु आर्थिक वर्षको बजेट दुई पटकको प्रयासमा ल्याइएको थियो ।” पहिलो प्रदेशसभाले प्रदेशमा स्थिर सरकार दिन सकेको थियो । विसं २०७९ पछिको दोस्रो प्रदेशसभामा भने पटकपटक सरकारको नेतृत्व परिवर्तन भइसकेको छ । सरकारले प्रदेशसभालाई ‘बिजनेस’ दिन नसक्दा कानुन बन्न नसकिरहेको टिप्पणी भइरहेको छ । संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा (व्यवस्थापिका) जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था हो । यसल...
तनहुँमा मोटरसाइकल खस्दा दुईजनाको मृत्यु

तनहुँमा मोटरसाइकल खस्दा दुईजनाको मृत्यु

गण्डकी, ताजा अपडेट, समाचार
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा त्यसमा सवार दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुल्न बॉकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । “हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ,” उनले भने ।...