समाचार

कांग्रेस संसदीय दलको बैठक भोलि, छलफलको मुख्य एजेन्डा ‘अध्यादेश’

कांग्रेस संसदीय दलको बैठक भोलि, छलफलको मुख्य एजेन्डा ‘अध्यादेश’

Breaking News 1, ताजा अपडेट, समाचार
१२ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । प्रमुख सचेतक घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ । सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए । आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् । संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ अध्यादेश ल्याएको थियो । ती अध्यादेश पनि राष्ट्रपतिबाट जारी भइ...
बैतडीमा जिप दुर्घटना ६ जना घाइते

बैतडीमा जिप दुर्घटना ६ जना घाइते

Breaking News 2, आजको विशेष, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बैतडीः बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको सिगास गाउँपालिका–१ मा शनिवार बिहान भएको जिप दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००१ च ४०२८ नम्बरको जिप गणानबाट इराना जाँदै गर्दा सिगास १ को माँडौ भन्ने स्थानमा दुर्घटना भएको हो। घाइते हुनेहरूमा १४ वर्षीया जयन्ती धामी, ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया पार्वती धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी रहेका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिपमा चालकसहित ८ जना सवार रहेका थिए। दुर्घटनामा परेको जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाको छ।...
सरकार परिवर्तनका कुरा हावादारी : अर्थमन्त्री

सरकार परिवर्तनका कुरा हावादारी : अर्थमन्त्री

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका हुन् । अहिलेको कांग्रेस–एमालेबीचको सहकार्य ८४ सम्म भएकाले ८४ पछिमात्रै सरकार परिवर्तन हुने उनले बताए । मन्त्री पौडेलले सुशासन, आर्थिक सुधार र संविधान संसोधनका लागि एमाले र कांग्रेसबीच गठबन्धन भएकाले कुशासन र भ्रष्टाचार नियन्त्रणका साथै कालोबजारी र तस्करी नियन्त्रणमा सरकार लागिपरेको बताए । त्यस्तै, उनले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको दाबीसमेत गरे । गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिए...

लागूऔषध मुद्दामा फरार धनगढीकी एक युवती पक्राउ

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीकी एक युवती पक्राउ परेकी छिन्। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २८ वर्षीया सन्ध्या चौधरी पक्राउ परेकी हुन्। चौधरीलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार ट्राफिक चौराहा नजिकबाट पक्राउ गरेको जनाएको छ।...
पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।  
आज पनि सकिएन रविको थुनछेक बहस, आइतबार फेरि उपस्थित हुने

आज पनि सकिएन रविको थुनछेक बहस, आइतबार फेरि उपस्थित हुने

Breaking News 2, आजको विशेष, ताजा अपडेट, राजनीति, समाचार
११ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ । बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् । उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ । थुनछेक बहस सकिएपछि जाहेरवाला...
काठमाडौंका कुन–कुन स्थानमा जानेछ आज ५ घण्टा बिजुली ?

काठमाडौंका कुन–कुन स्थानमा जानेछ आज ५ घण्टा बिजुली ?

Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार च्यासल, लुभू फिडर (लगनखेल) र इमाडोल–१ (बानेश्वर) फिडर अन्तर्गत बालकुमारी, इमाडोल तथा लुभू वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार माघ १८ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ ।  ...
प्रधानमन्त्रीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने

प्रधानमन्त्रीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने

Breaking News 2, ताजा अपडेट, लुम्बिनी, समाचार
११ माघ, पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज वारपार छेडिँदै छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङमार्ग छिचोलिने भएको हो । प्रधानमन्त्री ओली आज बिहान पाल्पाको बगनासकाली गाउँपालिका भवन  र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिसकेपछि सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ। कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिए । सुरुङ छिचोलिएपछि अन्य कामलाई तीव्रता दिइने उनले बताए । सुरुङमार्गको तीन वटा सहायक सुरुङ यसअघि नै छिचोल्ने काम सकिएको छ । जसमा बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास सुरुङहरु क्रमशः १५१, २६१ र ३३० मिटर...
बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढीः बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–८ का कुल लुहारका चार वर्षीय छोरा निशु लुहारको बसको ठक्करबाट मृत्यु भएको हो। जिल्ला सदरमुकाम मार्तडीबाट महेन्द्रनगर आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–१०२० नम्बरको बसले साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बेतालमाण्डौ बजारमा उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताए। बसले ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो। घटना बिहिवार दिउँसो ३ बजेर ३३ मिनेटमा भएको थियो। बालकलाई ठक्कर दिने बस र चालक कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का ४९ वर्षीय दिवाकर भट्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
कञ्चनपुरबाट खैरोहिराइनसहित एक जना पक्राउ

कञ्चनपुरबाट खैरोहिराइनसहित एक जना पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर।  कञ्चनपुरको भीमदत्त नगरपालिका – १५ गोवरैया स्थित सार्वजनिक पिपल चौतारीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । बुधवार १।२० ग्राम लागू औषध खैरो हेरोइन सहित स्थानीय २९ वर्षीय करन राना क्षेत्री पक्राउ परेका हुन । उनलाई  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।...