मुस्ताङ लैजान लागिएको ऊँटलाई उद्धार गरी भारत फिर्ता पठाइँदै
काठमाडौं । गह्रौं भारी बोकाएर हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ लैजाँदै गरेको ऊँटको उद्धार गरी भारत पठाइने तयारी भएको छ । पोखराको लेखनाथमा एउटा ऊँटलाई गह्रौं भारी बोकाएर पहेंलो बस्त्र लगाएका दुई व्यक्तिले मुक्तिनाथ लैजाने तयारी गरिरहेको विषयमा मंगलबार अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो ।
केही दिनअघि पोखराको लेखनाथमा देखिएको ऊँटलाई एनिमल नेपाल, एनिमल लभर्स ग्रुप र प्रहरीले खोजी गरिरहेको थियो । मंगलबार बेलुकी ५ बजेतिर कास्की र तनहुँ जिल्लाको सिमाना कोत्रेमा एनिमल नेपाल र प्रहरी टोलीले ऊँट फेला पारेको हो ।
त्यहाँबाट ऊँटलाई इलाका प्रहरी कार्यालय खैरेनीटारले राखेको थियो । बुधबार भने ऊँटलाई भारत फर्काइएको एनिमल नेपालका सुपरभाइजर देवराज उपाध्यायले बताए ।
आज तनहुँ बेलचौतारा इलाका प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आएपछि मात्र त्यसलाई फिर्ता पठाउन मिल्छ भनेपछि हामी...













