Breaking News 2

निर्माण सम्पन्न हुने बेलामा भत्काइयो ग्वार्कोको ‘फ्लाइओभर’ (तस्बिरहरु)

निर्माण सम्पन्न हुने बेलामा भत्काइयो ग्वार्कोको ‘फ्लाइओभर’ (तस्बिरहरु)

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो ‘फ्लाइओभर’ निर्माण सम्पन्न हुने बेला भत्काइएको छ । करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा गुणस्तरहीन निर्माण गरिएको भेटिएपछि ‘प्रिकाष्ट प्यानल’ भत्काइएको हो । सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनः निर्माण गर्न निर्देशन दिएको छ ।...
जुवातास मुद्दामा फरार रहेका बैतडीका एक जना कैलालीबाट पक्राउ

जुवातास मुद्दामा फरार रहेका बैतडीका एक जना कैलालीबाट पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। जुवातास मुद्दामा फरार रहेका बैतडीका एक जना कैलालीबाट पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले जुवातास मुद्दामा ३ महिना कैद सजाय र २५ हजार जरिवानामा तोकिएपछि फरार रहेका बैतडीको पुर्चौडी नगरपालिका–८ बस्ने ५५ वर्षीय कालु सिंह धामी पक्राउ परेका छन्। धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट पक्राउ गरेको छ।...
कैलालीबाट खैरो हेरोइनसहित एक जना पक्राउ

कैलालीबाट खैरो हेरोइनसहित एक जना पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट बर्दगोरिया गाउँपापालिका-१ बौनियाँ बस्ने २५ वर्षीय रिजन बुढा लागूऔषधसहित पक्राउ परेका हुन्। बुढालाई ३ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ
श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिइए दण्डनीय : ओली

श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिइए दण्डनीय : ओली

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि  बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताए। श्रमिकको मन प्रशन्न नभईकन उद्योग–व्यवसायका काम सहजरुपमा अघि बढ्न नसक्ने जनाउँदै उनले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । उनले मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्नेविरुद्ध भ्रम र अवरोध सृजना गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने आग...
कञ्चनपुरमा यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढीः कञ्चनपुरमा यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका–४ का २५ वर्षीय पुष्कर भारतीलाई शनिवार प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरको फैसलाले २०८१ असोज १३ गते यौन दुरुपयोग मुद्दामा ६ महिना कैद र २५ हजार क्षतिपूर्ति सजाय तोकिएका तर फरार रहेका भारतीलाइ इलाका प्रहरी कार्यालय बेलौरीबाट  खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका–६ चान्देव कालागौडीबाट पक्राउ गरेको जनाएको छ।...
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी। कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिमा बिहीबार बिहान बा ०१–००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि सवार भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको हो । उनकाअनुसार मोटरसाइकल चालक ३० वर्षीय महिमान बिष्ट पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । ट्रक प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार छन् ।...
बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी । बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–८ मा जिप दुर्घटनामा परेको हो। बैतडी प्रहरीले शनिवार साँझ से १ ज ४१४ नम्बरको जिप दुर्घटना भएको बताएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेयले जिपमा चालकसहित ६ जना सवार रहेकामा तीन जना घाइते भएका बताएका छन्। जिपका चालक फरार भएका छन्। घाइते तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार हुँदैछ। डडेल्धुराको अमरगढी नगरपालिका–७ का ३५ वर्षीय दीपक कैनी, सोही ठाउँका ४५ वर्षीय टेक कैनी र ५६ वर्षीय शिव पार्की घाइते भएका हुन। जिप चालक ३२ वर्षीय केशव कैनी फरार रहेका प्रहरीले बताएको छ।...
इमेरल्ड एकेडेमीको २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

इमेरल्ड एकेडेमीको २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

Breaking News 2, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
धनगढी। धनगढी उपमहानगर पालिका वडा नम्बर ३ अवस्थित इमेरल्ड एकेडेमीको २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । धनगढी उपमहानगर पालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजवहादुर ऐरको प्रमुख आथित्थ्यमा २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्याक्रममा बोल्दै प्रमुख आथित्थ्य ऐरले बालबालिकालाई माया गर्ने आमा नै भएको बताए । उनले स– साना बालबालिकालाई कस्तो बनाउने, कस्तो मार्ग निर्देशनमा लैजाने भन्ने बारेमा आमाले सोच्ने गरेको बताए । उनले बच्चाहरुको सपना गर्न आमाले बच्चाहरुको ईच्छा अनुसार काम गर्नुपर्ने बताए । उनले अहिले कक्षा ८ पढ्ने बिधार्थीहरु लागु औषधमा फस्ने गरेको बताए । उनले आफ्नो घर भन्दा कति छ घरमा आउन जान कति समय लाग्छ, त्यसको बारेमा अभिभावकले जानुपर्ने बताए । उनले मोवाईलको प्रयोग राम्रो कामका लागि गर्नुपर्ने बताए । उनले बच्चाहरुलाई धेरै मोवाईल प्रयोग गर्न नदिई रचनात्...
पूर्वराजाको अभिव्यक्तिबारे माओवादी- राजतन्त्र फर्किँदैन, जनता अग्रगमनको पक्षमा छन्

पूर्वराजाको अभिव्यक्तिबारे माओवादी- राजतन्त्र फर्किँदैन, जनता अग्रगमनको पक्षमा छन्

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएको प्रष्ट पारेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको त्यागलाई कमजोरी नठान्नु भन्ने चेतावनीसहितको अभिव्यक्तिबारे पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘राजा फर्किने कुनै सम्भावना छैन । ज्ञानेन्द्र शाहले पनि अलि ठन्डा दिमागले शान्त चित्तले सोच्नुभयो भने उहाँले शासन गर्दा के थियो, अहिले उहाँले गणतन्त्र भएकै कारणले राम्रोसँग बोल्न पाउनुभयो ।’ उनले एउटा नागरिकको हैसियतले बोल्न छुट भएर बोलेको भएपनि राजतन्त्र फर्किने कुरा असम्भव रहेको जिकिर गरे । उनले थपे, ‘राप्रपाले पनि केही न केही गर्नु त परेको छ नै, अहिले उहाँलाई त्यति पनि भन्नसक्ने आत्मविश्वास अहिलेको सरकारको कुशासनले गर्दा नै हो । भ्रष्टाचारमा लिप्त हुने कुराले उनीहरुले मुख मिठ्याएका होलान्, जन...
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Breaking News 2, कर्णाली, गण्डकी, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव बढी रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “लुम्बिनी र गण्डकीमा पनि यसको प्रभाव छ । तर, सुदूरपश्चिम र कर्णालीको जति छैन,” मौसमविद् अधिकारीले बाह्रखरीसँग भने, “वाग्मतीदेखि को...