चलचित्र हेर्न जानुअघि यस्तो सर्त राख्छन् बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला चलचित्र हेर्न जान्छन् । बाक्लै संख्यामा चलचित्र हेर्न जाँदैनन् । तर, उनी चलचित्र हेर्न गएपछि समाचारको विषय बन्छ ।
तर, चलचित्र हेरेपछि उनको प्रतिक्रिया आउँदैन । सामान्यतः नेताहरू चलचित्र हेर्न गएपछि उनीहरू उक्त सिनेमाबारे प्रतिक्रिया दिन्छन्, जुन युट्युब तथा सञ्चारमाध्यममा आउँछ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीलगायत नेता चलचित्र हेर्न गइरहन्छन् । उनीहरूको प्रतिक्रिया पनि सञ्चारमाध्यममा आउँछ । युट्युब र अनलाइन तथा छापामा चलचित्रबारे उनीहरूले बोलेको प्रतिक्रिया बाक्लै देखिन्छ ।
मेयर बालेन चलचित्र हेर्न गएको समाचार र तस्बिरमात्रै आउँछ । तर, प्रतिक्रिया आउँदैन । उनलाई चलचित्र राम्रो वा नराम्रो कस्तो लाग्यो कतै पन...















