कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

Advertisement

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सुर्खेत । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

पलाँता गाउँपालिका-९ थीर्पुबाट पलाँता-४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ ।

दुर्घटना मृत्युहुनेमा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी २५र२६ वर्षीय अम्बा शाही छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको सो कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार दुर्घटनाग्रस्त ट्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको छ । शवहरू भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थीर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

सामाजिक सञ्जाल केन्द्रित डिजिटल मिडियाको विस्तारसँगै नेपालमा नयाँ पुस्ताका मिडिया प्लेटफर्महरू तीव्र रूपमा अघि बढिरहेका छन्। तीमध्...
मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

पोखरा, चैत्र — पोखरा–लेखनाथ मालपोत कार्यालय बाहिर केही बिचौलियाहरूले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने क्रम बढ्दै गएको गुनासो आएको...
पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वत । पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार...
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासह...
अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

काठमाडौं । अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्...
राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

काठमाडौं । संघीय सरकारले सडक तथा पुल जस्ता यातायातका पूर्वाधार क्षेत्रहरुलाई प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ । मुलुक संघीय प्रणा...

ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

धनगढी । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा...
अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी । पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक मंगलबार रा...