अछाममा करिब १४ हजारबढी किशोरीहरुलाई एचपिभी खोप लगाइने

Advertisement

अछाममा करिब १४ हजार किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।

अछाम। अछाममा करिब १४ हजार किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १३ हजार ९२१ जना किशोरीलाई खोप लगाइने भएको हो ।  माघ २२ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा १६२ विद्यालय र ९७ स्वास्थ्य केन्द्रमा खोप केन्द्र तोकिएका छन् । विद्यालयमा रहेका खोप केन्द्रबाट १३ हजार ६१३ छात्रा र विद्यालय नजाने २४८ बालिकालाई खोप लाइने स्वास्थ्य कार्यालय अछामका प्रमुख दीपेन्द्र जोशीले जानकारी दिए। विद्यालयमा खोप पाउनेमध्येमा कक्षा ६ का दुई हजार ९७६ र कक्षा ७ देखि १० सम्मका १० हजार ६९७ छात्रा रहेका बताइएको छ । यस्तै विद्यालयबाहिर रहेका १० वर्ष उमेरका २० जना र ११ वर्षदेखि १४ वर्ष उमेरका २२८ जना रहेका जोशीको भनाइ छ ।  अछामका १० पालिकामध्ये सबैभन्दा बढी पञ्चदेवल  विनायक नगरपालिकामा एक हजार ६४८ र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ८२७ जनालाई एचपिची खोप लगाइने छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर सम्बन्धित स्थानीय तहमा खटिसकिएको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

सामाजिक सञ्जाल केन्द्रित डिजिटल मिडियाको विस्तारसँगै नेपालमा नयाँ पुस्ताका मिडिया प्लेटफर्महरू तीव्र रूपमा अघि बढिरहेका छन्। तीमध्...
मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

पोखरा, चैत्र — पोखरा–लेखनाथ मालपोत कार्यालय बाहिर केही बिचौलियाहरूले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने क्रम बढ्दै गएको गुनासो आएको...
पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वत । पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार...
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासह...
अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

काठमाडौं । अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्...
राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

काठमाडौं । संघीय सरकारले सडक तथा पुल जस्ता यातायातका पूर्वाधार क्षेत्रहरुलाई प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ । मुलुक संघीय प्रणा...

ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

धनगढी । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा...
अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी । पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक मंगलबार रा...