रानीबारी उपभोक्ता समिति अन्तर्गतका महिला जागरण समुहका तिज कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । रानीबारी उपभोक्ता समिति अन्तर्गतको उप-महिला जागरण महिला समुहको तिज विषेश शुभकामना कार्यक्रम सम्पन्न भएको छ । महिला जागरण महि समुहद्धारा आयोजना गरिएको हरितालिका तिज पर्वको शुभकामना आदानप्रदान तथा भेट्घाट कार्यक्रम शनिवार सम्पन्न गरेको हो ।

महिला समूहले हरितालिका तिज विशेष कार्यक्रम आयोजना गरी भेटघाट तथा शुभकामना आदनप्रदान गरेका हुन् । कार्यक्रममा समुहका सदस्यहरु, टोलका स्थानीयहरुको सहभागिता रहेको थियो । काठमाडौं महानगरपालिका वडा नं ३ को १ वडा एक नमुना ब्यवसायी योजना अन्तर्गत तालिम लिई ब्यवसायी सुरु गर्न लागेका दिदिबहिनीहरू समेतको सहभागितामा शनिबार लाजिम्पाटस्थित पानी पोखरी लप्सी गार्डनमा कार्यक्रम भएको थियो ।

कार्यक्रम विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म भएको थियो । कार्यक्रममा रितिरिवाज, परम्परा, धर्म संस्कृतिको संरक्षण र सम्र्बन्ध गर्नुको साथै महिलाहरूले पनि उद्यम गरेर रोजगारको सिर्जना गरि आर्थिक विकासमा टेवा पुर्याउनुपर्छ भन्ने सन्देशका साथ तिज कार्यक्रम आयोजना गरिएको महिला समुहका सचिब रमिला बस्नेतले बताइन् ।

तिज पर्वले परापूर्वकालदेखिनै नारीहरूको हक अधिकारमा सन्देश दिदै आएको छ । तिजमा हिन्दु महिलाहरुले ब्रत लिने चलन सत्ययुगबाट चलेको पाइन्छ । यसमा नारी र पुरुष दुवै मिलेर ब्रत बस्नुपर्छ भन्ने शास्त्रमा उल्लेख गरिएकोछ । तिजको ब्रत बस्नाले घरमा सुःख, शान्ति, सम्बृद्धि, उन्नति, प्रगति र पति र स्वयंम आफ्नै पनि दिर्घआयूको कामना गर्दै ब्रत बस्ने चलन छ ।

त्यसैगरी, कार्यक्रममा टोलका महिला दिदीबहिनीहरु, काठमाडौं महानगरपालिका वडा नं ३ को वडा सदस्य सिता थापा, गृहिणी महिला संघको अध्यक्ष एवं समाजसेवि अमृता शर्मा र नेपाली फिल्म क्षेत्रकी कलाकार तथा निर्मता एवं होटल व्यवसायी प्रज्ञा जोशी लगाएतको सहभागिता रहेको थियो । महिला समुहले तिज लगायत हरेक नेपाली चाडपर्व विशेष कार्यक्रम वर्षेनी गरिदै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

सामाजिक सञ्जाल केन्द्रित डिजिटल मिडियाको विस्तारसँगै नेपालमा नयाँ पुस्ताका मिडिया प्लेटफर्महरू तीव्र रूपमा अघि बढिरहेका छन्। तीमध्...
मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

मालपोत कार्यालय बाहिर बिचौलियाको मनपरी शुल्क असुली, सेवाग्राही हैरान

पोखरा, चैत्र — पोखरा–लेखनाथ मालपोत कार्यालय बाहिर केही बिचौलियाहरूले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने क्रम बढ्दै गएको गुनासो आएको...
पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वत । पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार...
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासह...
अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

काठमाडौं । अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्...
राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

राष्ट्रिय राजमार्ग बाहेकका सडक प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय

काठमाडौं । संघीय सरकारले सडक तथा पुल जस्ता यातायातका पूर्वाधार क्षेत्रहरुलाई प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ । मुलुक संघीय प्रणा...

ठेकेदारको लापर्वाहीले नागरिकलाई सास्ती

धनगढी । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा...
अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

अबरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी । पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक मंगलबार रा...